सुर्खेतको सिम्तामा आज पुनः मतदान हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ६, मंगलबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर ६, काठमाण्डौ । सिम्ता गाउँपालिकामा आइतबार स्थगित मतदान पुनः मंगलबार हुँदैछ । गाउँपालिका–६ को सिम्ता बहुमुखी क्याम्पस मतदान स्थलको ‘क’, ‘ख’, ‘ग’ मतदान केन्द्रको आइतबार मतदान स्थगित भएको थियो । आइतबार सो मतदान केन्द्रमा प्रतिनिधि सभातर्फको मतपत्र प्रदेश सभाको मतपेटिका खसेपछि स्थानीय राजनीतिक दलबीच विवाद भएको थियो ।

सो विवाद सुल्झन नसक्दा मतदान स्थगित भएको थियो । सोमबार सर्वपक्षीय बैठकपछि प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालयले सोमबार एक सूचना जारी गरी आइतबार स्थगित भएको निर्वाचन मङ्गलबार हुने जनाएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस