१८ वटा कम्पनीद्वारा लाभांश प्रस्ताव

मंसिर ६, काठमाण्डौ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत विभिन्न कम्पनीमध्ये १८ वटाले अहिलेसम्म आफ्ना सेयरधनीलाई लाभांश दिने घोषणा गरेका छन् । यी कम्पनीले आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरणको प्रस्ताव गरेका हुन् ।

लाभांश घोषणा गर्नेमा ११ वटा वाणिज्य बैङ्क, चारवटा बीमा कम्पनी, एक लघुवित्त संस्था, दुईवटा अन्य कम्पनी र एक होटल छन् ।नेप्सेमा सूचीकृत २४२ मध्ये १४६ बैङ्क तथा वित्तीय संस्था र बीमा कम्पनी छन् भने ५९ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, छ लगानी कम्पनी, पाँच होटल, चार व्यापारिक संस्था र तीन अन्य समूहका छन् ।

अहिलेसम्म प्रभु बैङ्क, बैङ्क अफ काठमाण्डू, एभरेस्ट बैङ्क, स्ट्यान्डर्ड चार्टर्ड बैङ्क, ग्लोबल आईएमई बैङ्क, कुमारी बैङ्क, नेपाल क्रेडिट एन्ड कमर्स एनसीसी बैङ्क, नेपाल इन्भेस्टमेन्ट बैङ्क, सानिमा बैङ्क, सिटिजन्स बैङ्क र मेगा बैङ्क नेपाल लिमिटेडको लाभांश प्रस्ताव सार्वजनिक भइसकेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

संम्बन्धित समचार

Leave a Reply