पर्यटन क्षेत्रले गति लिँदै

मंसिर ६, काठमाण्डौ । कोरोना भाइरस सङ्क्रमणले करिब दुई वर्षसम्म थलिएको पर्यटन क्षेत्रले पछिल्लो समय गति लिँदैछ । त्यसको प्रमाण हो, यो नोभेम्बर अघिसम्म नेपालमा ८८ हजार ५८२ जना विदेशी पर्यटक भित्रिएका छन् । सन् २०२२ को दशमहिना अवधिमा नेपालमा ४ लाख ७३ हजार ५६३ जना विदेशी पर्यटक भित्रिएका छन् ।

कोरोना संक्रमण सुरु हुनुअघि नेपालमा सन् २०१९ मा झन्डै १२ लाख विदेशी पर्यटक भित्रिएका थिए । सरकारले कोरोनापछिको पर्यटक आगमनलाई २०२३ सम्म रिकभर गर्ने लक्ष्य लिएको छ । सरकारी लक्ष्यलाई बल पुग्ने गरी सिजनको आगमन बढ्दै गएको पर्यटन बोर्डले बताएको छ । यो वर्षको अझै दुई महिना समय बाँकी रहँदा नेपालको वर्षभरि २०२२ को आगमन ६ लाख नाघ्ने अपेक्षा पर्यटन बोर्डको छ । पर्यटकीय सिजनका अझै दुई महिना समय बाँकी रहँदा बोर्डको लक्ष्य पूरा हुने अपेक्षा रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । आजको नागरिक दैनिकमा समाचार छ ।

संम्बन्धित समचार

Leave a Reply