सवारी दुर्घटनामा महावीर विश्वकर्माको निधन

मंसिर ६, काठमाण्डौ । महावीर विश्वकर्माको दुर्घटनामा परेर मंगलबार बिहान निधन भएको छ । मंगलबार बिहान साढे पाँच बजेतिर पूर्व–पश्चिम महेन्द्र राजमार्गको राप्ती नगरपालिका–६ भण्डारानजिक हर्दी चोकमा बिग्रेर राखेको भुस बोकेको ना २ ख ८५२२ नम्बरको ट्रकसँग हेटौंडाबाट नारायणगढतर्फ आइरहेको बा ४ ख ४१२ नम्बरको माइक्रोबस ठोक्किएको थियो ।

सोही माइक्रोबसमा रहेका ३५ वर्षका महावीर विश्वकर्मा गम्भीर घाइते भएका थिए । उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा बिहान साढे सात बजेतिर उनको निधन भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।

संम्बन्धित समचार

Leave a Reply