अर्घाखाँची-१ मा टोपबहादुर रायमाझीको जित सुनिश्चित

मंसिर ६,काठमाडौँ । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ अन्तर्गत अर्घाखाँचीको निर्वाचन क्षेत्र नंं १ मा पनि मतगणना जारी रहेको छ ।

जारी मतगणनामा अहिलेसम्मको नतिजा अनुसार नेकपा एमालेका उम्मेदवार टोपबहादुर रायमाझीले ८१८२ मतसहित अग्रता लिइरहेका छन् । उनका मुख्य प्रतिस्पर्धी सत्तारुढ पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार पुष्पा भुसालले ५९९५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

उनीहरुबीच फराकिलो अन्तर देखिएको छ । रायमाझीको जित निश्चित रहेको बताइएको छ । मतगणना अन्तिम चरणमा रहेको जनाइएको छ । यहाँ १५ हजार २४६ मत खसेको निर्वाचन कार्यालयको रेकर्डमा उल्लेख छ ।

संम्बन्धित समचार

Leave a Reply