काठमाडौ-४ मा मतगणना नसकिँदै नेपाली कांग्रेसका महामन्त्री गगन थापा विजयी !

मंसिर ६, काठमाण्डौ । काठमाडौँ क्षेत्र नम्बर ४ मा मतगणना नसकिँदै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा विजयी भएका छन् । नेकपा एमालेका डा राजन भट्टराईलाई भारी मतान्तरले पछि पार्दै उनी सांसद् निर्वाचित भएका हुन् । अहिलेसम्म यस क्षेत्रमा ४३ हजार ३९६ मतको गणना सकिएको छ । खसेको मत ४८ हजार ८५९ हो । अब ५ हजार ४६३ मत गन्न बाँकी छँदा गगनको अग्रता ६ हजार ८३४ पुगिसकेको छ । यसर्थ अबको गणनामा कुनै मत नआए पनि गगन विजयी हुने छन् ।

अहिलेसम्मको गणनामा गगनले २० हजार ४१७ मत ल्याएका छन् भने एमालेका भट्टराईले १३ हजार ३२ भोट प्राप्त गरेका छन् ।
यस्तै, राप्रपाले ३ हजार ६९३ र लौरोको १ हजार १३३ भोट आएको छ । गगनले विजयको औपचारिक घोषणाका लागि केही समय प्रतिक्षा गर्नु पर्ने छ ।

संम्बन्धित समचार

Leave a Comment