काठमाडौँ–३, प्रदेश–१ मा कांग्रेसका छिरिङदोर्जे लामा विजयी

मंसिर ६, काठमाण्डौ । काठमाडौँ जिल्ला क्षेत्र नं ३ को प्रदेश–१ मा नेपाली कांग्रेसका छिरिङदोर्जे लामा विजयी भएका छन् । लामाले चार हजार पाँच सय ५८ मत प्राप्त गरेका निर्वाचन अधिकृत मन्दिरा शाहीले जानकारी दिएकी छिन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का चन्द्रमान लामाले तीन हजार चार सय १५ मत पाएका छन् ।

कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिनुभएका काठमाडौँ महानगरपालिका–६ का पूर्वध्यक्ष दीपेन्द्र लामाले दुई हजार नौ सय ३३ मत पाए भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चुण्डी लामाले दुई हजार दुई सय ७६ मत पाएका छन् । निर्वाचित लामा यसअघि २०७४ सालको निर्वाचनमा पनि प्रदेशसभा सदस्य पदमा विजयी हुनुभएको थियो ।

काठमाडौँ–३ मा कांंग्रेसकै अग्रता

यसैगरी काठमाडौँ–३ को प्रतिनिधिसभा सदस्य पदमा पनि कांग्रेसले नै अग्रता कायम गरेको छ । कुल १७ हजार दुई सय ५२ मत गणना गर्दा कांग्रेसका सन्तोष चालिसेले छ हजार चार सय ५९ मत पाएको निर्वाचन अधिकृत शाहीले जानकारी दिएका छन् । नेकपा (एमाले)का कृष्ण राईले पाँच हजार ६०, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दुर्गाविक्रम थापा क्षेत्रीले दुई हजार आठ सय ३७ मत पाएका छन् । राप्रपाका गणेश गिरीले एक हजार एक सय ५८ मत पाएका छन् ।

प्रदेश–२ मा पनि कांग्रेसको अग्रता

काठमाडौँ–३ को प्रदेश–२ मा पनि कांग्रेसका उम्मेदवार बिमल ठकुरीको अग्रता कायमै छ । यो प्रदेश क्षेत्रको छ हजार नौ सय ९१ मत गन्दा ठकुरीले तीन हजार ५२ मत पाएका छन् । एमालेका रामेश्वर फुयाँलले दुई हजार एक सय ६४, राप्रपाका कमल सुनारले सात सय ५५ र नेकपा (माओवादी केन्द्र) का महेश्वर फँुयालले तीन सय ३९ मत पाउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply