मंसिर ६, काठमाण्डौ । नुवाकोटको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार बद्री मैनालीले अग्रता कायम गरेका छन् । अहिलेसम्म ७ हजार ५ सय ७० मतगणना हुँदा मैनालीले ३ हजार ९३ मत पाए । नेकपा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङले ३ हजार ६६ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा पद्युम्न महतले ८ सय ९७ मत पाए ।
यस्तै क्षेत्र नम्बर २ मा ५ हजार ६ सय ८२ मतगणना हुँदा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसीले २ हजार ९ सय ९६ मत ल्याए । एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडाले १ हजार ४ सय १ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुमनविक्रम पाण्डेले ९ सय ८५ मत प्राप्त गरेका छन् ।