मंसिर ६, काठमाण्डौ । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो मतपरिणाम अनुसार लामिछानेले ५ हजार १२८ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णभक्त पोखरेलले ४ हजार १६६ मत ल्याएका छन् । यसैगरी नेपाली कांग्रेसका उमेश श्रेष्ठ ३ हजार ७०६ मतसहित तेस्रो स्थानमा छन् ।