धादिङ १ मा राजेन्द्र पाण्डेको अग्रता निरन्तर

मंसिर ७,काठमाडौँ । धादिङ क्षेत्र नं. १ को मतगणना जारी छ । प्रतिनिधी सभा तर्फ गल्छि गाउँपालिकाको मतगणना सकिएपछि थाक्रे गाउँपालिकाको ५ वटा वडाको मतगणना सम्पन्न भएको हो । थाक्रे गाउँपालिका वडा नम्बर १, २,५,९ र ११ को मतगणना हुँदा एकिकृत समाजवादीको उम्मेदवार राजेन्द्र पाण्डेको अग्रता छ ।

उक्त वडाहरुमा पाण्डेले ३०९३ मत लेराएका छन् भने एमालेका उम्मेदवार भुमि त्रिपाठीले २९१७ मत लेराएका छन् ।यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले ९५६ मत लेराएका छन् । यस्तै अन्य साना दल तथा स्वतन्त्र उम्मेदवारले ३०० मत लेराएका छन् भने २१८ मत बदर भएको छ ।

यसअघि गल्छि गाउँपालिकाको सम्पन्न मत गणनामा १८३ मतान्तरले उम्मेदवार पाण्डे अगाडी थिए ।
समग्रमा अहिले सम्म उम्मेदवार राजेन्द्र पाण्डेले ८४६४ भुमि त्रिपाठीले ८१०५, हिमेश पन्तले २५२१ मत लेराएका छन् । त्रिपाठी भन्दा पाण्डे ३५९ मतले अगाडी रहेका छन् ।

संम्बन्धित समचार

Leave a Reply