मुख्यमन्त्री लालबाबु राउत प्रदेशसभा सदस्यमा निर्वाचित

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ मंसिर ७, बुधबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

मंसिर ७,काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

मंगलबार मध्यरातमा सार्वजनिक मतगणनाको नतिजा अनुसार जनता समाजवादी पार्टीका उम्मेदवार राउत पर्सा–१ ९२० बाट मधेश प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनले ७ हजार ५४५ मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसका रामनारायणप्रसाद कुर्मीले ६ हजार २१२ मत पाएका छन् । तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विनयकुमार झाले २ हजार ८४१ र हाम्रो नेपाली पार्टीका ओमप्रकाश सर्राफले २ हजार ४१ मत पाए ।

ताजा अपडेट

खोजी गर्नुहोस