भक्तपुर–१ मा नेमकिपाका प्रेम सुवालको अग्रता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ७, बुधबार (२ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

मंसिर ७, काठमाडौँ । भक्तपुर–१ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले अग्रता लिएको छ । यहाँ मतगणना सुरु हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र त्यसपछि नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका थिए ।

पछिल्लो मत परिणामअनुसार नेमकिपाका प्रेम सुवाल १० हजार ५२ मतसहित पहिलो स्थानमा आएका छन् । एमालेका नवराज गेलालले ९ हजार ५२६ महतसहित पछ्याइरहेका छन् ।

राप्रपाका भरतबहादुर खड्काले ७ हजार ७४८ र नेकपा माओवादी केन्द्रका सुनिल गोठेले ३ हजार ५१७ मत पाएका छन् । भुक्तपुर–१ लाई नेमकिपाको प्रभाव क्षेत्र मानिन्छ । यस क्षेत्रबाट २०७४ सालमा नेमकिपाकै प्रेम सुवाल निर्वाचित भएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस