गोरखाबाट प्रदेशसभामा कांग्रेसका पाण्डे निर्वाचित

मंसिर ७, पोखरा । नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डे गोरखा प्रदेश सभा निर्वाचन क्षेत्र २ २ बाट निर्वाचित भएका छन् । कांग्रेसबाट भावी मुख्यमन्त्रीका रुपमा हेरिएका पाण्डेले करिब ११ हजार ५ सय मतान्तरले चुनाव जितेका हुन् । पाण्डेले १६ हजार ८ सय ८२ मत ल्याए । उनका प्रतिस्पर्धी नेकपा एमालेका बसन्त गुरुङले ५ हजार ३ सय ६० मतमात्र ल्याउन सके । यहाँ जम्मा २७ हजार ३२७ सदर मत खसेको थियो ।

पाण्डे कांग्रेसबाट राष्ट्रिय सभा सदस्य भइसकेका नेता हुन् । राष्ट्रिय सभामा हुँदा उनी राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता थिए । अहिले उनी मुख्यमन्त्री हुने दाउ सहित प्रदेश ओर्लेका हुन् ।

संम्बन्धित समचार

Leave a Reply