पर्सा निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका रमेश रिजाल निर्वाचित

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ मंसिर ७, बुधबार (२ साल अघि)
  • ३३ पटक पढिएको
Post Thumbnail

मंसिर ७, वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका रमेश रिजाल निर्वाचित भएका छन् । पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार बनेका रिजालले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जालिम मियाँलाई फराकिलो मतान्तरका साथ पराजित गर्दै निर्वाचित भएका हुन् । रिजालले ३१ हजार १ सय ४२ मत प्राप्त गर्दै निकटतम प्रतिष्पर्धी मियाँलाई ५ हजार ५ सय २७ मतको ठूलो अन्तरले पराजित गरेका छन् । मियाँले २५ हजार ६ सय १२ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेका रिजाल २०७४ को आम निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल राजपा का लक्ष्मणलाल कर्णसँग पराजित भएका थिए । राजपाका कर्णले २० हजार ७ सय ३८ मत प्राप्त गर्दा रिजालले १४ हजार ७ सय २ मत मात्र प्राप्त गरेका थिए । निर्वाचन अधिकृतको अकर्यालय प्रतिनिधिअस्भा सदस्य निर्वाचन क्षेत्र नम्बर ४ ले उपलब्ध गराएको तथ्यांकका अनुसार खसेको कुल ६२ हजार ४ सय ९६ मत गणना गर्दा २ हजार ५ सय २८ मत बदर भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस