एमाले सचिव योगेश भट्टराई प्रतिनिधिसभा सदस्यमा विजयी

मंसिर ७,ताप्लेजुङ । एमाले सचिव योगेश भट्टराई प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । ताप्लेजुङबाट उम्मेदवार बनेका उनले माओवादी केन्द्रका खेलप्रसाद बुढाथोकी​लाई पराजित गरेका हुन् ।

भट्टराईले २१ हजार नौ सय ४३ र बुढाथोकी​ले २१ हजार सात सय ३५ मत पाएका छन् । भट्टराई एमालेका दश बुँदे पक्षधर नेता हुन् ।

बुढाथोकी​लाई सत्ता गठबन्धनको समर्थन थियो । भट्टराई २०७४ मा पनि ताप्लेजुङबाटै निर्वाचित भएका थिए । त्यसअघि दुईवटा निर्वाचनमा उनी काठमाडौं ६ बाट पराजित भएका थिए ।

संम्बन्धित समचार

Leave a Reply