पिपुल्स हाइड्रोपावर कम्पनीको आइपीओ बाँडफाँट

मंसिर ७,काठमाडौँ । पिपुल्स हाइड्रोपावर कम्पनीको आइपीओ बाँडफाँट भएको छ । बुधबार बाँडफाँट भएको कम्पनीको आइपीओमा ५ लाख १५ हजार ७८८ जना सर्वसाधारणले १० कित्ताका दरले सेयर हात पारेका छन् । कम्पनीको आइपीओमा कुल १२ लाख ३० हजार ६०५ जनाले आवेदन दिएकामा ७ लाख १४ हजार ८१७ जना आवदेकको हात खालि हुन पुगेको हो । जसमध्ये ३ हजार ५४६ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।

पिपुल्स हाइड्रोपावरले कात्तिक २५ गतेदेखि २९ गतेसम्म कुल ५६ लाख ६ हजार ३९० कित्ता आइपीओ जारी गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात् २ लाख ८० हजार ३२० कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशत अर्थात् १ लाख ६८ हजार १९० कित्ता कर्मचारीहरूका लागि छुट्याएर बाँकी रहेको ५१ लाख ५७ हजार ८८० कित्ता सर्वसाधारणका लागि खुल्ला गरिएको थियो ।

संम्बन्धित समचार

Leave a Reply