हालसम्म ६३ ठाउँको नतिजा आयो: कसले कहाँ जिते ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ८, बिहिबार (१ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

मंसिर ८, काठमाण्डौ । प्रतिनिधिसभाको जारी मतगणनामा बुधबार मध्यरातसम्म ६३ सिटको अन्तिम परिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको मतपरिणामअनुसार अहिलेसम्म सबभन्दा धेरै सिट नेपाली कांग्रेसले जितेको छ । कांग्रेसले २५ सिट जित्दा नेकपा एमाले १३ स्थानमा जितेर दोस्रो स्थानमा छ । माओवादी केन्द्रले ७ क्षेत्रमा जित हात पारेको छ भने नेकपा एकीकृत समाजवादीले ६ र राष्ट्रिय स्वतन्त्र पार्टीले ४ क्षेत्रमा जित हासिल गरेको छ ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले २ सिट र नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले एक(एक ठाउँ जित निकालेका छन्। यसबाहेक एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस