मनकामना केबलकार २५ औं वर्षमा प्रवेश, अझ उच्चस्तरिय सेवा दिने प्रण

मंसिर ८, काठमाण्डौ । नेपालकै पहिलो मनकामना केवुलकारको संचालन २४ औं वर्ष पार गरी २५ औं वर्षमा सफलतापूर्वक प्रवेश गरेको छ ।यही मंसिर ८ गतेदेखि २४ वर्ष पुरा गरी २५ औं वर्षमा प्रवेश गरेको हो। मंसिर ८, २०५५ सालबाट नियमित सञ्चालनमा आएको केबलकारले हालसम्म करीव १ करोड ६० लाख यात्रु तथा भक्तजनहरूलाई सेवा प्रदान गरिसकेको जनाएको छ। सञ्चालन पश्चात् मनकामना क्षेत्र र यस आसपासका क्षेत्र एक प्रमुख पर्यटकीय गन्तब्य बनेको छ।यस्तै राष्ट्रिय कर दिवसका अवसरमा केबुलकारले २०७७ /७९ सम्म पर्यटन ब्यवसायतर्फ सबै भन्दा बढि आयकर तिरेर आन्तरिक राजश्व विभागबाट सम्मान पाएको छ ।

नेपालमा पहिलो केबलकार सेवा सञ्चालनमा ल्याउने कम्पनी मनकामना दर्शन प्रालि हस्पिटालिटीको अर्को परियोजना सञ्चालनको तयारीमा छ। मनकामना दर्शनको भगिनी कम्पनी रिसोर्ट्स बाइ मनकामना केबलकारले हाइ इण्ड रिसोर्ट सञ्चालनमा ल्याउने भएको हो। ४० कोठा क्षमताको रिसोर्टका लागि कम्पनीले केबलकारको गोरखास्थित टप स्टेसनमा जग्गा छनोट गरेको छ। हालसम्मको डिजाइनका आधारमा लागत ४८ करोड रुपैयाँसम्म हुने अनुमान गरिएको कम्पनी सञ्चालक राजेशबाबु श्रेष्ठले बताए।

कन्स्ट्रक्सनको काम हामी चालु वर्षभित्रै थाल्ने योजनामा छौं, उनले भने, ‘यो देशको पर्यटन प्रवर्द्धनलाई सघाउने नै प्रोजेक्ट हो। नौ रोपनी क्षेत्रफलमा रहने रिसोर्टले केबलकारबाट मनकामना पुग्ने पाहुनेलाई आतिथ्य गर्नेछ।’ कन्स्ट्रक्सन थाल्न हामी होमवर्क गरिरहेका छौं। बाँकी केही प्रक्रिया सकिएलगत्तै काम सुरु हुनेछ, सञ्चालक श्रेष्ठले भने, मनकामना क्षेत्रको धार्मिक एवं पर्यटकीय प्रवर्द्धन गर्ने उद्देश्यले रिसोर्ट संचालनमा ल्याउन लागिएको हो। रिसोर्ट संचालनमा आएसँगै स्थानीयस्तरमा रोजगारी बढ्ने र स्तरीय पर्यटकको आवागमनमा वृद्धि हुने उनको विश्वास लिएका छौं। रिसोर्ट निर्माण सुरु भएको डेढ वर्षमा तयार भएर संचालनमा ल्याउने योजना रहेको उनले जानकारी दिए।

संम्बन्धित समचार

Leave a Reply