पौष १६, बनेपा । मुलुक सुपर कम्प्युटर युगमा प्रवेश गरेको छ ।
नेपालको प्राज्ञिक उत्कृष्टताको अगुवाइ लिइरहेको काठमाडौँ विश्वविद्यालय (केयु) ले काभ्रेस्थित आइटी पार्कमा पहिलोपटक सुपर कम्प्युटर भित्र्याएसँगै मुलुक सुपर कम्प्युटर युगमा प्रवेश गरेको हो ।