चितवन-२ बाट रवि लामिछानेको जित पक्का !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ८, बिहिबार (१ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

मंसिर ८, चितवन । चितवन-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित हुने सुनिश्चित भएको छ । अब गन्न बाँकी सबै भन्दा रविको मतान्तर बढी भएकाले उनको जित सुनिश्चित भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार चितवन २ मा ६९ हजार ५८० मत गनिसक्दा २५ हजार भन्दा बढी मतले रविले अग्रता लिइरहेका छन् । रविले ३९ हजार २१६ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्दी कांग्रेसका उमेश श्रेष्ठले १३ हजार ५०३ मत ल्याएका छन् ।

रवि २५ हजार ७१३ मतान्तरले अगाडि छन् । अब १४ हजार ७३५ मत मात्रै गन्न बाँकी छ । चितवन २ मा ८४ हजार ३१४ मत खसेको थियो । एमालेका कृष्णभक्त पोखरेलले १२ हजार ७७२ मतसहित तेस्रो स्थानमा छन् । २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा पोखरेल यहि क्षेत्रबाट निर्वाचित भएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस