काठमाडौंमा जग्गा कित्ताकाट खुल्यो !

मंसिर ८, काठमाडौं । काठमाडौ महानगरपालिका भित्रको जग्गाको कित्ताकाट खुलेको छ । बुधबार साँझ भु उपयोग परिषद्ले महानगरपालिका भित्रको जग्गाको कित्ताकाट र अंशबण्डा खुलाउने निर्णय गरेको महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिए ।

उनका अनुसार सम्भवत हिजोको निर्णयको चिठी आज महानगरभित्रका मालपोत कार्यालयमा पठाइनेछ र निर्णय लागु हुनेछ । भूउपयोग कार्यान्वयन समितिको सिफारिसका आधारमा परिषद्ले कित्ताकाट खुलाउने निर्णय गरेको हो । बुधबार महानगरका मेयर बालेन्द्र साहको अध्यक्षता भूउपयोग कार्यान्वयन समितिको बैठक बसेको थियो ।हरेक वडालाई आफ्नो क्षेत्रभित्रको जग्गा जमिन के कस्तो खालको हो भनेर अध्ययन गर्न लगाइएको र सो अध्ययनले महानगरभित्र कृषियोग्य जमिन नरहेको पाइएपछि कित्ताकाट खुलाइएको महानगरले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply