लुम्बिनीमा कांग्रेसले खोल्यो खाता, बाँके ३ बाट किशोरसिंह विजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ८, बिहिबार (१ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

मंसिर ८, रूपन्देही । बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर निर्वाचित भएका छन् । राठौर विजयसँगै लुम्बिनीमा कांग्रेसले जितको खाता खोलेको छ । उनी प्रदेश सभापतिसमेत हुन् ।

राठौर ४७९३ मतान्तरले निर्वाचित भएका हुन् । उनले २९०४० मत ल्याउँदा प्रतिद्वन्दी नेकपा एमाले बाँकेका अध्यक्ष किष्मतकुमार कक्षपति २४२४७ मा रोकिए ।

ताजा अपडेट

खोजी गर्नुहोस