धादिङ २ (क) मा कांग्रेसका गोविन्द लम्साल विजयी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ मंसिर ८, बिहिबार (२ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

मंसिर ८, धादिङ । धादिङको प्रतिनिधिसभा क्षेत्र नं २ अन्तर्गत प्रदेश सभा क मा नेपाली कांग्रेसका गोविन्द लम्साल विजयी भएका छन् । नेकपा एमालेका डा। रामकुमार अधिकारीलाई दुई हजार ९९७ मतले पराजित गर्दै सत्तागठबन्धनका साझा उम्मेदवार कांग्रेसका लम्साल विजयी भएका हुन् ।

एमालेका अधिकारीलाई राप्रपाको समर्थन थियो। यो क्षेत्रमा खसेको कुल ३८ हजार ३०१ मतमध्ये लम्सालले १९ हजार ४१९ मत प्राप्त गर्दा अधिकारीले १६ हजार ४२२ मत पाए । यहाँ एक हजार २०६ मत बदर भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस