मंसिर ८, काठमाडौ । सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका मानवीर राई निर्वाचित भएका छन् । राईले नेपाली कांग्रेसका बलबहादुर केसीलाई २ हजार ७७९ मतान्तरले पराजित गरेका हुन् । राईले १९ हजार ३२४ मत ल्याउँदा कांग्रेसका केसीले १६ हजार ५४५ मत ल्याएका छन् ।
जनता समाजवादी पार्टीका लाक्पा शेर्पाले ९०१, नेकपा मार्क्सवादी लेनिनवादीका विष्णुप्रसाद वास्तोलाले ४९० र राष्ट्रिय स्वतन्त्र पार्टीका ज्ञानेन्द्रबहादुर बस्नेतले २७९ मत पाएका छन् ।