धादिङ-१ मा राजेन्द्र पाण्डेको जित सुनिश्चित, त्रिपाठीभन्दा ५ हजार १६ मतान्तरले अगाडी !

मंसिर ८, काठमाडौं । धादिङ क्षेत्र नं १ मा एकिकृत समाजवादीका राजेन्द्र प्रसाद पाण्डे ५ हजार १६ मतान्तरले अग्र स्थानमा छन् । उनले २६ हजार ८२९ मत पाएका छन् भने उनका निकटतम प्रतिद्धन्दी एमालेका भुमि त्रिपाठीले २१ हजार ८१३ मत प्राप्त गरेका छन् । यसै गरी, कमेडियन हिमेश पन्तले ११ हजार ३७० मत प्राप्त गरेका छन् । सो क्षेत्रमा जम्मा ८० हजार २६ मत खसेको छ भने हालसम्म ६३ हजार ८०३ मत गणना भएको छ ।

त्यस्तै, धादिङ २ मा कांग्रेसका रामनाथ अधिकारी एमालेका खेम प्रसाद लोहनी भन्दा ८ हजार १०८ मतान्तरले अगाडी छन् । अधिकारीले २९ हजार १७१ मत ल्याएका छन् भने लोहनीले २१ हजार ६३ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी बसुमाया तामाङ ४ हजार २५३ मतसहित तेस्रो स्थानमा छिन् । धादिङ २ मा अहिलेसम्म ५८ हजार ८८३ मत गणना भएको छ ।

संम्बन्धित समचार

Leave a Reply