धादिङ-१ मा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे विजयी

मंसिर ८,धादिङ । धादिङ–१ मा राजेन्द्र पाण्डे विजयी धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकिकृत समाजवादीका राजेन्द्र प्रसाद पाण्डे विजयी भएका छन् ।
नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष एवम् बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका पाण्डेले नेकपा एमाले र राप्रपाका साझा उम्मेदवार नेकपा एमालेका भूमि त्रिपाठीलाई ७ हजार ९ सय ८१ मत अन्तरले पराजित गराएका हुन् । प्रारम्भिक मत परिणाम अनुसार पाण्डेले ३५ हजार ९ सय ३४ मत पाएका छन् भने उनका निकटतम प्रतिद्धन्दी एमालेका त्रिपाठीले २७ हजार ९ सय ५३ मत पाएका छन् ।
यो क्षेत्रमा ८० हजार ६ सय १५मत खसेको थियो । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १२ हजार ४ सय ७५ मत प्राप्त गरेका छन् । पाण्डे गठबन्धनमा रहेका नेकपा एकिकृत समाजवादी, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवार हुन् । त्रिपाठी एमाले र राप्रपाका साझा उम्मेदवार हुन् ।

संम्बन्धित समचार

Leave a Reply