चम्कियो ब्राजिल ! सर्बिया २–० गोल अन्तरले पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ मंसिर ९, शुक्रबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

मंसिर ९,काठमाडौँ । रिचर्डलिसनको दुई गोलको सहयोगमा ब्राजिलले विश्वकपको पहिलो खेलमा सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा ब्राजिलले सर्बियालाई २–० गोल अन्तरले हराएको हो ।

ब्राजिललाई जित दिलाउन रिचर्डलिसनले दुई गोल गरे । पहिलो हाफ गोलरहित बराबरी खेलेको ब्राजिलले दोस्रो हाफमा दुई गोल गरेको हो । खेलको ६२ औं मिनेटमा लिचर्डलिसनले गोल गर्दै टिमलाई अग्रता दिलाए ।

रिचर्डलिसनले खेलको ७३ औं मिनेटमा गोल गर्दै ब्राजिललाई २–० गोलको जित दिलाए । जितसँगै समूह जी को ब्राजिलले ३ अंक जोडेको छ । यता सर्बियाले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस