सर्लाही-३ मा गठवन्धनलाई पराजित गर्दै एमालेका उप्रेती विजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ९, शुक्रबार (२ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

मंसिर ९, काठमाण्डौ । सर्लाही क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार हरि प्रसाद उप्रेती विजयी भएका छन् । गठवन्धन पार्टी नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र साह कलवारलाई सात सय ७० मतान्तरले पराजित गर्दै एमाले नेता हरिप्रसाद उप्रेती विजयी भए ।

नेता उप्रेतीले २३ हजार नौ सय ३८ मत प्राप्त गरे भने, गठवन्धन उम्मेदवार माओवादीका नेता साहले २३ हजार एक सय ६८ मत मात्र प्राप्त गरे । उनीहरुबीच मत गणनाको अधिकांश समय अत्यन्त कडा प्रतिस्पर्धा भएको थियो । दुबै उम्मेदवारले पालैपालो अग्रता कायम गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस