दाङ-३ मा कांग्रेसका दीपक गिरी निर्वाचित 

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ९, शुक्रबार (२ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

मंसिर ९, काठमाण्डौ । दाङ ३ बाट नेपाली कांग्रेसका दीपक गिरी निर्वाचित भएका छन् । उनले निकटतम  प्रतिस्पर्धी नेकपा ९एमाले०की कोमल वलीलाई सात हजार ८१० मतान्तरले पराजित गरेका हुन् । सत्ता गठबन्धनका उम्मेदवार गिरीले ३६ हजार ८४२ मत र वलीले २९ हजार ३२ मत प्राप्त गरेका छन् ।

यस्तै‚ राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले १४ हजार ५७४ मत प्राप्त गरेका छन् । निर्वाचित गिरी २०७० मा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । २०७४ को निर्वाचनमा भने एमालेका हिराचन्द्र केसीसँग पराजित भएका थिए। उनी पूर्व सिंचाइ मन्त्री समेत हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस