अनिल झालाई हराउँदै धनुषा-३ बाट एमालेकी जुली महतो निर्वाचित

मंसिर ९, काठमाण्डौ । धनुषा ३ बाट नेकपा एमालेकी जुलीकुमारी महतो निर्वाचित भएकी छिन् । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका लोसपाका अनिल कुमार झालाई पराजित गर्दै एमालेकी महतो प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् । एमालेकी महतोले लोसपाका झालाई ९ हजार ६६९ को मतान्तरले पराजित गरेकी हुन् ।

एमालेकी महतोले ३३ हजार ३५५ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी लोसपाका झाले २३ हजार ६८६ मत पाए । २०७४ मा समानुपातिक निर्वाचन प्रणालीमार्फत सांसद बनेकी जुली यो पटक प्रत्यक्ष चुनाव लडेकी हुन् ।

संम्बन्धित समचार

Leave a Reply