नवलपरासीमा देवेन्द्रराज कँडेलको लज्जास्पद हार, राप्रपाका प्रधान विजयी

मंसिर ९, नवलपरासी । नेपाली कांग्रेसका देवेन्द्रराज कँडेल नवलपरासी–२ बाट पराजित भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्‍मेदवार ध्रुवबहादुर प्रधानसँग निकै फराकिलो मतान्तरमा कँडेल पराजित हुन पुगेका हुन् । प्रधानले ३४ हजार ९५९ मतका साथ जित निकाल्दा कँडेल १९ हजार ५९४ मतमा रोकिए । उनीहरूबीचको मतान्तर १५ हजार ३३६ छ ।

कँडेल विवादास्पद पृष्ठभूमिका नेता हुन् । उनले भारतीय नागरिकता लिएको विषय केही समयअघि प्रकाशमा आएको थियो । यहाँ नेकपा एमालेका उम्‍मेदवारले १४ हजार ४९८ मत बटुले ।

संम्बन्धित समचार

Leave a Reply