सिरहा ३ (ख) मा एकीकृत समाजवादीका प्रमोदकुमार यादव निर्वाचित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ९, शुक्रबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर ९, काठमाडौ । प्रदेशसभाअन्तर्गत सिरहा जिल्ला निर्वाचन क्षेत्र नं ३ ख बाट नेकपा एकीकृत समाजवादीका प्रमोदकुमार यादव निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालय सिरहाका अनुसार बिहीबार राति सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार यादवले नौ सय ६२ मतान्तरसहित नौ हजार नौ सय ७६ मत प्राप्त गरे। उनको निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सञ्जयप्रकाश यादवले आठ हजार १४ मत प्राप्त गरेका छन् ।

गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणामअनुसार जनता समाजवादी पार्टीबाट रेणुकुमारी यादवले छ हजार सात सय ७९ मत प्राप्त गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस