कविता – ‘ताराको देशमा हराएको नागरिकता खोजिरहेछु’

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७५ पौष १६, सोमबार (६ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

कविता – ताराको देशमा हराएको नागरिकता खोजिरहेछु 

मान्छे हुनु नै
एक अनौंठो स्वभाव
लिएर जन्मनु रहेछ ।

जब जन्मिन्छ बच्चा
उसलाई संसारकै प्यारो
आफ्नो आमा लाग्दो रहेछ ।

अनि जब
उठ्न खोज्दा धर्ती हल्लिन्छ
तब मातापिताको औंलाको सहारा लिन्छ
जब हिंड्न थाल्छ बच्चा राम्ररी
तब माता पिताको पछिपछि
दौडिन थाल्दो रहेछ ।

जब यही बच्चा
बढेर यौवनास्थामा पाइला टेक्छ
तब बल्ल पो
जिन्दगीको यात्रा सुरु हुँदो रहेछ
र “प” नै ”प” को पछाडी दौडिन थाल्दो रहेछ ।

पति/पत्नी/पुत्र/पुत्री/पद/पैसा
प्रतिष्ठा र प्रशंसा
तब आफ्नो मातापिता देखि यति पर भाग्छकि
जसरी गगनको तारा पर हुन्छ
अनि “प” कै पछि लागी पाप गर्छ

र अन्तमा पश्चताप गर्दै
पतन हुँदो रहेछ ।

ए हजुरहरू हो !
भन्नुस्त हजुरहरू नै
मान्छेको जिन्दगीमा यो ” प ” नै न भैदिए
के हुन्थ्यो होला ……..?

केवल मैं रहेछु
आफ्नो देश छाडी
ताराको देशमा आफ्नो हराएको नागरिकता
र आफ्नो परिचय खोजिरहेछु

अनवरत अझै खोजिरहेछु
अनवरत अझै खोजिरहेछु ।

अनि उनलाई
र उनीसङ्ग बिताएको त्यो प्यारो पल
अझै खोजिरहेछु
अझै खोजिरहेछु ।

-राजबाबु श्रेष्ठ ‘सागर’

ताजा अपडेट

खोजी गर्नुहोस