मंसिर ९, काठमाण्डौ । अब बन्ने प्रतिनिधि सभामा यी चर्चित अनुहार देख्न नपाइने छैन् । यसभन्दा पहिला प्रतिनिधिसभामा विभिन्न निर्वाचित भएका सभासदहरु यस पटकको प्रतिनिधिसभामा पराजय भएपछि उनीहरुलाई नपाएने भएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका शंकर पोख्रेल,गृहमन्त्री बालकृष्ण खाँड, बारम्बार केन्द्रमा मन्त्री रहेका पूर्व रक्षामन्त्री ईश्वर पोखरेल, पूर्व उद्योगमन्त्री महेश बस्नेत, पूर्व शहरी विकास मन्त्री राम कुमारी झाक्री, उद्योगी तथा पूर्व राज्यमन्त्री प्रधानमन्त्री कार्यालय उमेश श्रेष्ठ, उर्जामन्त्री पम्फा भुसाल, पूर्व सभामुख ओनसरी घर्ती मगर, पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवलाई अगामी प्रनिनिधिसभमा देख्न पाइने छैन ।
त्यस्तै, बाम्बार मन्त्री रहिसकेको पूर्वमन्त्री राजेन्द्र महतो, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वमन्त्री देव गुरूङ्ग, पूर्वगृहमन्त्री कमल थापा,पूर्व स्वास्थ्य मन्त्री विरोध खतिवडा, पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौला, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, पूर्वमन्त्री लक्ष्मणलाल कर्ण, पूर्वमन्त्री घनश्याम भूसाल, पूर्वमन्त्री हृदेयस त्रिपाठी, पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, पूर्व उद्योगमन्त्री लेखराज भट्ट, पूर्व डिआइजी नवराज सिलवाल,सुरेंद्र चौधरीलाई आगामी प्रतिनिधिसभामा देख्न नपाइने भएको छ ।
त्यस्तै, पूर्वमन्त्री महन्थ ठाकुर, पूर्व गृहमन्त्री डा।भिम रावल, पूर्वमन्त्री लालबाबु पण्डित, किरण गुरुंग, शान्ता चौधरी, गंगा चौधरी,पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्वमन्त्री हिसिला यामी, पूर्व मन्त्री शेरबहादुर तामांग, पूर्व कानुन मन्त्री तथा महान्यायाधिवक्ता अग्नी खरेल, पूर्व खानेपानी मन्त्री विना मगर,पूर्व खानेपानी मन्त्री उमाकान्त चौधरीलाई आगामी संसद भवनमा देख्न नपाइने भएको छ ।