आयोगले खटायो मतगणना रोकिएका स्थानमा प्रतिनिधि

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ मंसिर ९, शुक्रबार (२ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

मंसिर ९, काठमाडौ । निर्वाचन आयोगले मतदान भई मतगणना सुरु हुन नसकेका स्थानमा प्रतिनिधि पठाएको छ। आयोगले दोलखा, स्याङ्जा २ र बाजुरामा प्रतिनिधि खटाएको हो। एमालेले निर्वाचन धाँधली भएको भन्दै उजुरी दिएकाले यी क्षेत्रमा मतगणना सुरु भएका छैनन् ।

आयोगका प्रवक्ता शालिग्राम शर्माले मतगणना सुरु नभएका क्षेत्रमा सत्यतथ्य बुझ्न प्रतिनिधि पठाइएको बताए। ‘आयोगबाट गएका प्रतिनिधिले दिएको रिपोर्टपछि ती क्षेत्रमा के गर्ने भन्ने निर्णय हुन्छ,’ उनले भने । आयोगका प्रतिनिधि जिल्लामा पुगेर चुनावका दिन भएका घटनाबारे बुझ्नेछन्। आयोगका अनुसार मतदान स्थगित भएको बाजुरामा शनिबार मतदान हुँदै छ ।

ताजा अपडेट

खोजी गर्नुहोस