समाजवादीका अध्यक्ष नेपाल भन्छन्-‘मत परिणामले हामीलाई शिक्षा दिएको छ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ९, शुक्रबार (२ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

मंसिर ९, काठमाण्डौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सत्तारूढ पाँचदलीय गठबन्धनबाट कांग्रेसले बढी फाइदा लिएको स्वीकारेका छन् । रौतहट क्षेत्र नम्बर १ बाट निर्वाचित अध्यक्ष नेपालले सञ्चारकर्मीहरूसँग कुरा गर्दै गठबन्धनले सोचेजस्तो परिणाम नदिएको बताएका हुन् ।

उनले आफ्नो पार्टीले सोचेको भन्दा धेरै कम परिणाम आएको बताउँदै यसको राम्रोसँग मूल्याकंन तथा समीक्षा गर्ने बताए । ‘कांग्रेसले फाइदा लियो । फाइदा लिन सक्नेले फाइदा लियो,’ उनले भने , ‘ फाइदा दिने हामीहरु । मत परिणामले हामीलाई शिक्षा दिएको छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस