कर्णालीको प्रतिनिधिसभामा एमाले जिरो, कांग्रेस पहिलो दल !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ९, शुक्रबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

मंसिर ९, काठमाण्डौ । २०७४ सालको निर्वाचनमा कर्णालीका १२ मध्ये ६ क्षेत्रमा जित हासिल गरेको नेकपा एमाले यसपटक शून्यमा झरेको छ । कर्णालीमा यो समाचार तयार पार्दासम्म प्रतिनिधिसभाको नौ वटा निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । कालीकोट, हुम्ला र मुगुमा मतगणना जारी छ ।

मतगणना जारी रहेका स्थानमा पनि एमाले उम्मेदवार फराकिलो अन्तरले पछाडि छन् । कांग्रेसले सुर्खेतका दुईवटै र दैलेख क्षेत्र नम्बर २ मा जित निकालेको छ । मुगुमा पनि फराकिलो मत अन्तरले अग्रता लिएको छ । नेपाली कांग्रेसबाट सुर्खेत(१ मा पार्टी उपसभापति पूर्णबहादुर खड्का, सुर्खेत २ मा हृदयराम थानी र दैलेख(२ मा दिक्पाल शाही निर्वाचित भएका छन् । मुगुमा जारी मत गणनामा भने कांग्रेसकै उम्मेदवार ऐनबहादुर शाहीले अग्रता लिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस