पाल्पा-२ बाट एमाले पोलिटब्युरो सदस्य ठाकुर गैरे विजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ९, शुक्रबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

मंसिर ९,काठमाडौँ । पाल्पा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का पोलिटब्युरो सदस्य ठाकुरप्रसाद गैरे विजयी भएका छन् । उनि ३ हजार ९ सय ६६ मतान्तरले विजयी भएका हुन् ।

गैरेले २७ हजार ८ सय १७ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का सोमप्रसाद पाण्डेयले २३ हजार ८ सय ५१ मत प्राप्त गरेका छन् ।

प्रतिनिधि सभा सदस्य चुनावमा यस क्षेत्रमा ११ राजनीतिक दल र तीन स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका थिए । जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोमप्रसाद गैरेले ५ हजार १ सय ८० मत प्राप्त गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस