चितवन-३ मा गठबन्धनलाई हराउँदै राप्रपा उपाध्यक्ष विक्रम पाण्डे विजयी

मंसिर १०, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे चितवन(३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । सत्ता गठबन्धनतर्फबाट उम्मेदवार रहेका माओवादी केन्द्रका डा भोजराज अधिकारीलाई हराउँदै पाण्डे सांसदमा निर्वाचित भएका हुन् । पाण्डे ३४ हजार ६६२ मतसहित विजयी हुँदा अधिकारीले २४ हजार ६७१ मतमा चित्त बुझाए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जीता बराल १४ हजार ७८९ मत ल्याएर तेस्रो भइन् ।

संम्बन्धित समचार

Leave a Reply