मंसिर १०, काठमाण्डौ । नेकपा माओवादी केन्द्र जारी मतगणनामा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीलाई उछिनेर नेकपा माओवादी केन्द्र तेस्रो ठूलो दल बन्नेतर्फ अग्रसर भएको छ ।
६८ लाख ७७ हजार ५९५ मत गन्दा माओवादीले रास्वपालाई उछिनेको छ । अहिले माओवादीले ८ लाख ४१८ अर्थात् ११.६३ मत पाएको छ भने रास्वपाले ७ लाख ९९ हजार ३४८ अर्थात् ११.६२ प्रतिशत मत पाएको छ ।