इलाम-१ मा झलनाथको हार्ने सम्भावना बढ्यो, महेश बस्नेतले अग्रता कायमै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर १०, शनिबार (२ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

मंसिर १०, इलाम । इलाम क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले अग्रता कायमै राखेका छन् । ४२ हजार ६ सय ४७ मतगणना हुँदा उनले १८ हजार ५ सय ४२ मत पाए। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका झलनाथ खनालले १६ हजार ८७ मत पाए । उनीहरूको मतान्तर फरक २ हजार ४ सय ५५ मत छ । राप्रपाका उम्मेदवार तोयानाथ शर्मा सापकोटाले ११ सय २३ मत ल्याएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस