रामेछापमा कांग्रेसका कान्छाराम फराकिलो मतान्तरले विजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ११, आईतबार (२ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

मंसिर ११, काठमाडौं । रामेछापमा नेपाली कांग्रेसका पूर्ण बहादुर तामाङ ९कान्छाराम० निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणना परिणामअनुसार उनले आफ्ना निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका कैलास ढुङ्गेललाई १६ हजार ३६९मतले उछिन्दै विजयी भएका हुन् ।

रामेछापका निर्वाचन अधिकृतको कार्यालयका अनुसार तामाङले ४७हजार ०९८ ल्याएका छन् भने ढुङ्गेलले ३० हजार ७२९ मत प्राप्त गरेका छन् । यस्तै प्रदेशतर्फ क्षेत्र नम्बर १ मा गठबन्धनबाट माओवादीका तारानारायण क्षेष्ठ र क्षेत्र नम्बर २ मा युवराज चौलागाई विजयी भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस