‘मेरो हारले हिन्दू राष्ट्र र विकासको सपना अधुरो बन्छ’ : कमल थापा

मंसिर ११, काठमाण्डौ । मकवानपुरमा चुनाव हारेपछि राप्रपा नेपालका अध्यक्ष कमल थापा सामाजिक सञ्जालमा पोखिइरहेका छन् । आज बिहानै उनले नयाँ स्टाटस लेख्दै चुनावी हारेको संस्लेषण गरे । उनले चुनाव हारेर आफूले केही नगुमाएको उल्लेख गरेका छन् । तर, नेपाललाई हिन्दू राष्ट्र बनाउने सपना कमजोर बनेको भन्दै दुख व्यक्त गरेका छन् ।

‘नेपाललाई सर्वधर्म समभावसहितको हिन्दु राष्ट्र बनाउने सपना कमजोर भएकोमा दुखी छु,’ थापाले भनेका छन् । हेटौंडालाई बाग्मती प्रदेशको राजधानी बनाएको जस लिँदै थापाले यहाँका विकास योजनाहरु भने अधुरा रहने चिन्ता व्यक्त गरेका छन् ।

संम्बन्धित समचार

Leave a Reply