पुन: मतगणना माग गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीको निवेदन !

मंसिर ११, काठमाण्डौ । सुनसरी क्षेत्र नम्बर ४ मा पुनः मतगणना गर्नुपर्ने माग गर्दै सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निवेदन दिएका छन् । कांग्रेस उम्मेदवार रहेका कार्कीका प्रतिनिधिले निर्वाचन अधिकृतको कार्यालयमा पुन मतगणना हुनुपर्ने भन्दे निवेदन पेश गरेका हुन् । यहाँ ८१ हजार १ सय ७१ मत खसेको थियो । जसमध्ये ६१ हजार २ सय ६६ मतगणना भएपछि विवाद सुरु भएको थियो । मतगणनामा विवाद हुँदा शनिबारदेखि नै त्यहाँको मतगणना हुन सकेको थिएन् ।

सुरुमा नेपाली कांग्रेसले ६ सय मतगणनामा तलमाथि भएको दाबी गर्दै फेरि त्यसलाई गन्नुपर्ने अडान लिएको थियो । तर अहिले सम्पूर्ण मतगणना गर्नुपर्ने भन्दै निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिइएको हो ।

संम्बन्धित समचार

Leave a Reply