शेयर बजारमा उछाल : नेप्से ३२.४३ अंकले बढ्यो, कारोबार रकम २ अर्ब !

मंसिर ११, काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । कारोबार रकम पनि २ अर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिको पहिलो समिक्षा गर्ने तयारी गर्दैछ । बैंकको सञ्चालक समितिको बैठकले पारित गरेमा आज नै मौद्रिक नीतिको समिक्षा सार्वजनिक गरिनेछ । मौद्रिक नीतिको समिक्षा बजारमैत्री हुने देखिएपछि नेप्सेमा उछाल छाएको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ३२.४३ अंकले बढेर १९६५.९८ विन्दुमा पुगेको छ । नेप्से १.६८ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि ५.३४ अंकले बढेर ३८६.२६ विन्दुमा पुगेको छ । कूल २३३ वटा कम्पनीको ४२ लाख २३ हजार ८ सय ६७ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब २ करोड ५४ लाख ८९ हजार रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १२ वटा उपसमूहको सेयर बढेको छ । म्युचुअल फण्ड उपसमूहको सेयर मात्रै घटेको हो । आइतबार हिमालयन डिष्टीलरीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४५ करोड ४ लाख रूपैयाँ बराबरको कारोबार भएको हो ।

संम्बन्धित समचार

Leave a Reply