राष्ट्रिय पार्टी बन्ने भन्दै कार्यकर्तालाई नआत्तिन माधव नेपालको आग्रह

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ मंसिर ११, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर ११,काठमाडौँ । रौतहटबाट चुनाव जितेर काठमाडौं फर्किएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आइतबार कार्यकर्ताबाट बधाई थापेका छन् ।

सुविधानगरस्थित पार्टी केन्द्रीय कार्यालयमा भेला भएका नेता–कार्यकर्ताले उनलाई बधाई दिए । नेपालले चुनावी अनुभव आदान प्रदानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको सफलताको पनि चर्चा गरे । ‘रौतहट नगएको भए मलाई नै उछिट्याइदिने रहेछन्,’ कार्यकर्तामाझ नेपालले भने, ‘प्रचण्डजी गोरखा नजानुभएको भए उहाँलाई पनि गाह्रो पर्ने रहेछ ।’

राष्ट्रिय पार्टी नबन्ने चिन्ता

नेपाललाई भेट्न गएका नेता कार्यकर्ताहरुले समानुपातिक तर्फ पार्टीको थोरै मत आएको भन्दै चिन्ता गरेका थिए । ३ प्रतिशतको थ्रेसहोल्ड पार गर्न नसकेर राष्ट्रिय पार्टी नबनिने हो कि भन्ने चिन्ता उनीहरुमा थियो ।

अध्यक्ष नेपालले भने अझै मतगणना जारी रहेको भन्दै नआत्तिन आग्रह गरे । समानुपातिकतर्फको ८९ लाख मत गन्दा एकीकृत समाजवादीले २ लाख ३९ हजार मत पाएको छ । राष्ट्रिय पार्टीको मान्यता पाउन कुल खसेको सदर मतको ३ प्रतिशत मत ल्याउनुपर्छ ।

राष्ट्रिय दल नबने पार्टीले संसदीय दलको कार्यालय, दलका नेता र सचेतकले पाउने सुविधा पाउने छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस