विश्वकप फुटबल: मरक्कोसंग बेल्जियम २-० ले पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ मंसिर ११, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर ११,काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत आफ्नो दोस्रो खेलमा मोरोक्कोले बेल्जियममाथि जित निकालेको छ । आइतबार भएको खेलमा मोरक्कोले फिफा वरीयतामा दोस्रो स्थानमा रहेको बेल्जियमलाई २-० गोल अन्तरले हराएको हो ।

मोरक्कोलाई जित दिलाउन अदेल हामिद साबारी र अबुखेलाले एक-एक गोल गरे । खेलको ७३ औं मिनेटमा साबारीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाए । खेलको इन्जुरी समयमा अबुखेलाले गोल गर्दै मोरोक्कोको जीत सुनिश्चित गरे ।

जीतसँगै मोरक्को ४ अंकसहित समूहको शीर्ष स्थानमा उक्लिएको छ । ३ अंकसहित बेल्जियम दोस्रो स्थानमा छ । आज नै अर्को खेलमा क्रोएसिया र क्यानडा भिड्दैछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस