सुनसरी–१ मा जसपाका अशोक राई निर्वाचित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर १२, सोमबार (२ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

मंसिर १२, काठमाडौ । सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि अशोक राई निर्वाचित भएका छन्। जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका राई निर्वाचित भएका हुन् । नेकपा एमालेको सहयोगमा उम्मेदवार बनेका राईले १७ हजार ५९ मत प्राप्त गरेका छन् ।

उनकी निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले १६ हजार ६०६ मत प्राप्त गरेकी छन् । नेकपा माओवादी केन्द्रको एकल चुनाव चिह्न लिएर उम्मेदवार बनेका मुक्सामहाङ सुब्बाले १३ हजार ८७ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस