फिफा विश्वकप: क्यामरुन-सर्बिया बराबरीमै रोकिए

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ मंसिर १२, सोमबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर १२,काठमाडौँ । फिफा विश्व कप फुटबल प्रतियोगिताअन्तर्गत आज सोमवारको पहिलो खेल रोचक बराबरीमा सकिएको छ ।

कतारको अल जनौब स्टेडियममा भएको खेलमा दुई गोलको अग्रता जोगाउन नसक्दा सर्बिया बराबरीमै रोकिन बाध्य भयो । २९ औँ मिनेटमा क्यामरुनका जेन चार्लेस कास्टेलेटोले गोल गरेर अग्रता दिलाएका थिए । तर पहिलो हाफको इन्जुरी समयको दुई मिनेटभित्र सर्बियाका स्ट्राहिना पाभ्लोभिच पाभ्लोभिक र सर्गे मिलिन्कोभिक साभिकले गोल गरेर खेललाई २–१ को अवस्थामा पुर्‍याए ।

फेरि खेलको ५३ मिनेटमा एलेकसनदर मिट्रोभिकले गोल गरेपछि सर्बिया ३–१ को अवस्थामा पुगेको थियो । तर कोलम्बियाका भिन्सेन्ट एबोउबकरले ६३ र इरिक म्याक्सिम चोउपो मोटिङले ६६ मिनेटमा गोल गर्दै खेललाई ३–३ गोलको रोचक बराबरीमा ल्याए ।

समूह ‘जी’ मा दुई खेलमा समान १र१ अङ्कसहित क्यामरुन तेस्रो र सर्बिया चौथो स्थानमा छन् । अब यी दुईले अन्तिम खेल जिते पनि नकआउट राउन्डमा पुग्ने सम्भावना निकै कम छ ।

ताजा अपडेट

खोजी गर्नुहोस