नेपाल बैंक चौराहा शाखाको उद्घाटन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ मंसिर १२, सोमबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर १२,काठमाडौँ । नेपाल बैंक लिमिटेडद्वारा लूम्बिनी प्रदेशको रुपन्देही जिल्लाको बूटवल उपमहानगरपालिका वडा नं. ९ स्थित राजमार्ग चौराहामा मंसिर ९ गते शूक्रबारका दिन चौराहा शाखाको औपचारिक रुपमा समुद्घाटन गरिएको छ ।

नेपाल बैकको संचालक समितिका अध्यक्ष गंगा प्रसाद ज्ञवाली र बूटवल उपमहानगरपालिका नगर प्रमूख खेलराज पाण्डेयले संयूक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै प्रतिष्पर्धात्मक बैंकिङ् बजारमा चूस्त दूरुस्त सेवासहित आफ्नो उपस्थिति बढाउन बैंकले शाखा विस्तारलाई जोड दिएको कूरा अध्यक्ष ज्ञवालीले बताए । नगर प्रमूख खेलराज पाण्डेले नाफा मात्रै नहेरी व्यवसायीहरुलाई समस्यामा नपर्ने गरी सहयात्रीको रुपमा बैंकले काम गर्नूपर्नेमा जोड दिए ।

उक्त कार्यक्रममा बैंकका प्रमूख कार्यकारी अधिकृत कृष्ण बहादूर अधिकारीले बोल्दै शाखा विस्तारले बूटवलको विकासको निम्ति नेपाल बैंकको भुमिकासमेत बढाउन सहयोग पूग्ने र सरकारको बैंक भएकाले बैंकको नाफाको ठूलो अंश सरकारको आम्दानीको रुपमा पूनः देश विकासकै लागि खर्च हूने भएकाले पनि सरकारी बैंकसंग कारोबार गर्न उपयूक्त हूने कूरा बताए ।

सो कार्यक्रममा नेपाल बैंक लूम्बिनी प्रादेशिक कार्यालयका प्रमूख सूशील कूमार नेपाल, नेपाल राष्ट्र बैंकका निमित्त निर्देशक जिवन प्रकाश पाण्डे, नेपाल चेम्बर अफ कमर्स बूटवलका महासचिव जे।पि कडेल, बूटवल बहूमूखी क्यापसका क्याम्पसप्रमूख डा. खिमानन्द न्यौपाने, प्रादेशिक कार्यालयका कर्मचारी, सिटि अफिस खस्यौली शाखाका शाखा प्रवन्धक कृष्ण बहादूर कार्की, लगायत रुपन्देही जिल्लाभरका नेपाल बैंक शाखा कार्यालयका शाखा प्रवन्धकहरु, विभिन्न बैक तथा वित्तीय संस्थाका प्रमूखहरु, तथा स्थानीयबासीहरुकोे समेत सहभागिता रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस